जीवनशैली

बावुको सव लिएर दाहसंस्कारको लागि गएका छोराको बस दुर्घटनामा मृत्यु



बुटवल १८ पुष ।  बुटवलबाट बावुको सव लिएर दाहसंस्कारको लागि गएका बुटवलको रानिगन्जका पशुपति रसाईली संगै अन्य ६ जनाको मृत्यु भएको खुलेको छ।

वीरबहादुरका ६ भाई छोरामध्ये ५ जना दाहसंस्कारको लागि गएका थिए। शव लिएर गएका २८ बर्षिय छोरा पशुपति रसाइलीको मृत्यु भएको पुष्टि भएपनि अन्यको अवस्था अझै अज्ञात छ।

उक्त घटनामा परी निधन भएका अन्य ६ जना मध्ये ४ जनाको  सनाखत भएको छ भने अन्य २ जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा परि घाइते हुनेहरुको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ।

बुटवल १७ रानीगञ्जका बीरबहादुर विकको सव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजांदै गर्दा मलामी चढेको बस लु २ ख ७२७९ नं. को बस दुर्घटनामा परेको थियो।

३६ जना मलामी बोकेर गएको उक्त बस पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं. २ लगुवामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर त्वातीका अनुसार बुटवलको रानिगञ्जका २४ वर्षिय भोजेन्द्र विक, लालबहादुर विक, पशुपति रसाइली, माेहन कुंवर र विजय थापाको मृत्यु भएको छ।

दुर्घटना पछि ३ जना सम्पर्कमा नआएका अन्य ३ जना दुर्घटनाग्रस्त बसको मुनि च्यापीएको अवस्थामा भेटिएका छन। उनीहरुलाई डोजरको सहायतामा निकाल्ने प्रयास भईरहेको छ। उनीहरु को हुन भन्ने अझै खुल्न सकेकोे छैन।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६