अर्थ-वाणिज्य

माओवादी केन्द्र को केन्द्रीय समितिमा दाङबाट नौ जना सर्वसम्मत निर्वाचित



दाङ १९ पुस  । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिमा दाङबाट नौ जना सर्वसम्मत निर्वाचित भएका छन् । जसअनुसार कृष्णबहादुर महरा, रेखा शर्मा, जगप्रसाद शर्मा, जीवन गौतम, निर्मल आचार्य , हेमराज शर्मा, इन्द्रजित थारू, दामा शर्मा र नारायणी शर्मा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

नौ जना केन्द्रीय सदस्यमध्ये महरा पूर्व सभामुख हुनुहुन्छ भने दाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । त्यस्तै रेखा शर्मा प्रतिनिधि सभाकी समानुपाति सांसद हुनुहुन्छ । जगप्रसाद शर्मा राष्ट्रियसभाका सांसद हुनुहुन्छ ।

त्यस्तै इन्द्रजीत थारु लुम्बिनी प्रदेश सांसद हुनुहुन्छ । उहाँ दाङ क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुभएको थियो भने दामा शर्मा लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद हुनुहुन्छ ।

यि नौ जना नै पुरानो केन्द्रीय समितिमा हुनुहुन्थ्यो। माओवादीले पदाधिकारी चयन भने भोली गर्ने छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६