प्रदेश

माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावमा साझा उम्मेदवार तय गर्न गठबन्धनको बैठक आज ।



काठमाण्डौ, १९ पुष । राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार तय गर्न सत्ता गठबन्धन दलको बैठक बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य चुनावका उम्मेदवार छनोट गर्ने विषयमा छलफल गर्न गठबन्धन दलको बैठक बोलाउनुुभएको हो । गठबन्धनको बैठकपछि दिउँसो कांग्रेसको केन्द्रीय समिति बैठक पनि बस्दैछ ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा ले राष्ट्रिय सभा सदस्यको चुनावमा साझा उम्मेदवार बनाउने गृहकार्य गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावका लागि भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।

राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश(१ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसङ्ख्यक भएका १–१ जनाका लागि चुनाव हुँदैछ ।

चुनावमा प्रदेश सभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेश सभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकिएको जनाएको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६