कपिलवस्तु २९ पुस । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बढ्दो कोरोनाको जोखिमलाई ध्यानमा राख्दै भोली देखि लागु हुने गरी १८ बुँदै निर्देशिका जारी गरेको छ । देशभर कोरोनाको जोखिम फेरी बढेपछि आज प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेद्धारा जारी निर्देशिका अनुसार कपिलवस्तुमा धेरै मानिस एकैठाउँमा भेला हुने गरी कुनैपनि राजनितिक, प्रशासनिक एवम् सामाजिक र धार्मिक गतिविधि नगर्न आग्रह गरिएको छ ।
यस्तै २५ जना भन्दा बढीको भेला हुने गरी कुनैपनि मेला, भेला, महोत्सव, सडक बजार गर्न नपइने भएको छ भने माघी पर्वलाई पनि आफ्ना परिवार र टोलमा भिडभाड नहुने गरी मनाउन पनि प्रशासनले आग्रह गरेको छ । यस्तै कृषि उपज खरिद बिक्रि बाहेकका हाटबजार नलगान स्थानीय तहले व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै सार्वजनिक स्थालहरु होटल, रेष्टुरेन्ट, पार्टीप्यालेस तथा कर्बड हल, स्विमिङ पुल आदीमा जाँदा माघ ७ गते देखि अनिवार्य रुपमा खोप कार्ड मोवाईलमा फोटा खिचेर राखी देखाउनुपर्ने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । माघ ७ गते पछि जिल्लाका सबै सार्वजनिक क्षेत्रमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने उल्लेख छ । सेवा ग्राहीले खोपकार्डको फोटा मोवाईलमा भए पनि देखाउनुपर्ने छ ।
यस्तै विद्यालय संचालनको हकमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको शिफारिसमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अनुसार माघ १५ गते सम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्न नपाईने पनि उल्लेख छ ।
प्रतिक्रिया