प्रदेश

स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आयोगमा आज सर्वदलीय बैठक बस्दै



काठमाडौँ, ३० पुष । स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बिहान ११ बजे आयोगको कार्यालय कान्तिपथमा बोलाइएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका १७ दललाई सहभागी हुन निमन्त्रणा दिइएको छ ।

बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उहाँले जानकारी दिनुभयो । यसअघि निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरुको म्याद ५ जेठ २०७९ मा सकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिको म्याद सकिनुभन्दा दुई महिनाअघि नै चुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।

यस्तै आजको सर्वदलीय बैठकमा १२ माघका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा स्वास्थ्य मापदण्ड पालना, राष्ट्रि सभा निर्वाचनका मतदाताहरुलाई सम्बन्धित जिल्लामै मतदान गर्ने व्यवस्थालगायत विषयमा पनि दलहरुसँग छलफल हुने प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६