जीवनशैली

ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाइ



काठमाडौँ,
१ माघ । सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । गृह मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास तथा अस्थायी परिपत्रपत्र खारेज गरेको जनाएको छ ।

मन्त्रालयले कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृहको पूर्वसहमति लिनुपर्ने बुधबार जारी सूचनामा उल्लेख छ । सिंहदरबार प्रवेशका लागि सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएकै पासका आधारमा प्रवेश पाउने छन् भने पत्रकारले सूचना विभागको कार्डले प्रवेश गर्न पाउने भएका छन् ।

प्रकाशित : १ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६