जीवनशैली

सुदूरपश्चिम कर्णालीमा हल्का हिमापातको सम्भावना तराईका धेरै स्थानमा हुस्सु-कुहिरो



काठमाडौँ ३ माघ – देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ।दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापात हुने सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार कर्णाली र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै देशभर बढ्ने क्रममा रहेको चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६