हरि घिमिरे, ०३ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको दशौं नगरसभा सुरु भएको छ । बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ को सुरुवाती अवस्था देखि हाल सम्म भएका विकासको समिक्षा सहित आगामि योजनाको कार्यारम्भ लाई समेट्दौ दशौं नगरसभा सुरु गरेको हो । “संमृद्ध बाणगंगाको मुल आधारः आर्थिक सामाजिक रुपान्तरण सहितको पुर्वाधार” भन्ने नाराका साथ दशौं नगरसभाका सभाध्यक्ष मंगल प्रसाद थारुले नगरसभा सुरु भएको घोषणा गर्नु भएको थियो । बाणगंगा नगरको आफ्नै सभाहलमा नगरसभा सुरु भएको छ ।
३ माघ २०७८, सोमबार
प्रतिक्रिया