प्रदेश

स्थानीय तहको चुनाव गर्ने देउवा र प्रचण्ड सहमत ।



काठमाण्डौ, ०३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संवैधानिक व्यवस्था अनुसार नै स्थानीय तहको चुनाव गर्नेबारे देउवा र प्रचण्डबीच छलफल भएको छ । साथै थप आवश्यक छलफल गर्न सरकार सञ्चालनका लागि गठित राजनीतिक समन्वय समितिको भोलि बिहान ९ बजे बालुवाटारमा बोलाइएको छ ।

देउवा र प्रचण्डबीचको भेटमा स्थानीय तहको चुनाव लगायत विषयमा छलफल गर्न भोलि राजनीतिक समन्वय समितिको बैठक बोलाउने निर्णय भएको प्रचण्डको सचिवालयका सदस्य तथा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्लले ट्वीट गरी जानकारी दिनुभएको छ ।

यसैबिच स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यसै हप्ताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुने बताउनुभएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने जानकारी दिनुभयो । मोरङमा भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन चुनावका लागि प्रतिबद्ध रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति टुङ्गो लाग्ने बताउनुभयो ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६