जीवनशैली

चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य



काठमाण्डाै ६ माघ – कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सदर चिडियाखाना अवलोकनका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यस्तै एकपटकमा पाँचसय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको छ ।

अवलोकनकर्ताले मास्क अनिवार्य लगाउनुपर्ने, चिडियाखानाभित्र बसेर खान र जीव जनावरलाई खुवाउन छुन नपाउने, स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, आफू गएको समूहसँग मात्रै घुलमिल हुन मिल्ने जस्ता मापदण्डको पालना गर्नुपर्नेछ ।

कोरोना सङ्क्रमण बढ्दै गए थप स्वास्थ्य सुरक्षा पालना गर्ने र आवश्यक परे एकपटकमा दुुई सय जना मात्रै अवलोकनकर्तालाई प्रवेश गराइने चिडियाखानाले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै यसअघि झै हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ ।

चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर छन् । जहाँ मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा (रातो हाब्रे) छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।  

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६