प्रदेश

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना गरेको छैनः गगन थापा




काठमाडौं, ६ माघ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखिरहेका बेला कांग्रेस महामन्त्री थापाले बिहीबार ट्विटमार्फत सो कुरा बताएका हुन् ।

उनले ट्वीटमा भनेका छन्, ‘ हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अतस्निर्वाचनबारे कुनै पनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।’

असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकार भन्‍दै महामन्त्री थापाले सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘ कांग्रेस प्रष्ट छ(असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।’

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६