प्रदेश

हत्याको धम्की दिने मन्त्री यादवलाई पदमुक्त गर्न नागरिक समाजको अपिल



काठमाण्डौ, ०७ माघ । नागरिक समाजले व्यक्ति हत्याको धम्की दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न सरकारसँग माग गरेको छ ।

माघ ५ गते बुधबार मधेश बलिदानी दिवसको दिन रौतहटको गौरमा भएको कार्यक्रममा मन्त्री यादवले व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकोप्रति नागरिक समाजले आपत्ति प्रकट गरेको छ । डा। केदारनरसिंह केसी, चरण प्रसाई, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले निकालेको संयुक्त अपिलमा बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतको हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु देशमा देखिएको दण्डहीनताको प्रतिफल भएको उल्लेख छ ।

वि।स। २०६३ साल चैत ३ गते भएको गौर हत्या काण्डमा २८ जना माओवादी समर्थकको ज्यान गएको थियो । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा।चन्द्रकान्त राउत ९सीके राउत० को नाम लिएर गौर हत्याकाण्ड जसरी नै घेरा हाली डाक्टर राउतको ज्यान लिने धम्की दिएको सार्वजनिक भएको र यस्तो धम्की दिने व्यक्ति पदमा रहन अयोग्य रहेको नागरिक अगुवाको भनाइ छ । उनीहरुले मन्त्री यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६