अर्घाखाँची, ०७ माघ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएको कारण मन्दिरहरुमा भिडभाड हुनाले संक्रमण बढ्ने भन्दै देशका विभिन्न धार्मिक स्थल मठ हरुमा दर्शन गर्न रोक लगाएको छ ।
जस्को प्रभाव अर्घाखाचीको सन्धिखर्क ७ मा अवस्थित नेपालकै चर्चित धार्मिक स्थल सुपा देउरालीमा पनि आज मिती २०७८ माघ महिनाको ७ गतेका दिन देखि मन्दिरको मुल ढोका बन्द गरिएको छ । मन्दिरको ढोका बन्द गरिएता पनि मन्दिरमा दर्शन गर्ने भक्तजनको आवत जावत र नियमित हुने नित्यपुजा बलि दिने कार्य भने रोकिएको छैन ।
गृह मन्त्रालय बिपत ब्यवस्थापन समितीको सुचना अनुसार बन्द गरिएको हो भने अर्को सुचना नआउन्जेल सम्मको लागि मन्दिर बन्द रहने सबैमा जानकारी जारि गरेको छ ।
बिश्वब्यापी रुपमा कोभिड १९ को विभिन्न चरणमा विभिन्न प्रकृतीको रुपमा फैलिएको यस प्राण घातक भाइरसले धेरैको ज्यान लगेको र सो बाट बच्नको लागि राज्यले निरन्तर खोपको ब्यवस्था गरेको छ र संगसंगै स्वास्थ सुरक्षा मापदण्ड पालना गर्नुमा पनि जोड दिएको छ ।
प्रतिक्रिया