फागनु १२ गते भित्र लुम्बिनी प्रदेश राजधानी सारीसक्न मुख्यमन्त्री केसीको निर्देशन
बुटवल ७ माघ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको सरकारको पहिलो सपना भनेको राजधानी निर्माण एवं व्यवस्थापन भएको बताउँदै राजधानी व्यवस्थापन तिव्र गतिमा गर्नुपर्ने भएकोले राप्ती प्राविधिक शिक्षालयलाई फागनुको १२ गते भित्र सरीसक्नका लागि निर्देशन दिनुभएको छ । मुख्यमन्त्री केसीले यस्तो निर्देशन राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्तातरण समितिको बैठकमा दिनुभएको हो । आफ्नो नेतृत्वमा रहेको सरकारको ऐतिहासिक एवं प्रदेशवासीलाई परिणाम दिन सकिने महत्पूर्ण कार्य भएको बताउँदै त्यसलाई सबैले सहयोग गरेर अगाडी बढ्नका सबैलाई निर्देशन गर्दै प्रदेस सरकारले आफ्नो तर्फबाट राजधानी निर्माणमा कुनै पनि कशुर वाँकी नराखी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री केसीले भन्नुभयोः–“प्रदेश सरकारको सपनाको एउटा आयाम हो, त्यसमा तपाईहरु सबैले प्रदेश सरकारलाई सहयोग गर्नुहोस् तपाईहरुको योगदान प्रदेश सरकार र प्रदेशवासीले मुख्याङ्कन गर्नेछ ।” मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माणका लागि राप्ती प्राविधिक शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाई दिएमा त्यसमा ग्रमीण पर्यटन एवं पूर्वाधार मन्त्रालयले त्यसको व्यवस्थापनका लागि सबै तयार गर्ने बताउँदै त्यसका लागि सबैले विसाल छाती बनाएर सोच्नका लागि निर्देशन गर्नुभएको छ । उहाँले प्रदेश सरकारले स्तातरणका लागि राप्ती प्राविधक लाई प्रददान गरेको १० करोड रुपैयाको कार्ययोजना बनाएर पेश गर्नका लागि प्राविधिक शिक्षालय प्रमुख शालिकराम डाँगीलाई निर्देशन दिर्दै मन्त्री, सचिव ज्यूहरुले पनि त्यसलाई सहजीकरण गरि दिनका लागि अनुरोध गर्नुभयो । उहाँले भन्नेभयोः–“तपाईहरुले प्रदेश सरकारमा कार्ययोजना बनाएर पठाउनुहोस्, प्रदेस सरकारका मन्त्री, प्रमुख सचिव, सचिवहरुले पनि सहयोग गरि दिनका दिन्छु ।” मुख्यमन्त्री केसीले आफू कानून मन्त्री हुँदा राजधानीको निर्णय भएको बताउँदै त्यति बेलामा सबैले जमिनका लागि तयार भएका बासिन्दालाई धन्यवाद दिँदै यसलाई आफ्नो एवं गठबन्धनिय सरकारको सपनालाई साकार पार्नका लागि पनि अझै नयाँ शिराहबाट सहयोग गर्नका लागि राप्ती र गढुवाबासी सम्पूर्ण जनसमुदायलाई अपिल बैठक मार्फत गर्नुभएको छ भन्नुभयोः–“ यो कसैलाई हिन्ता होइन प्रदेशको राजधानी निर्माण गर्ने विषयमा आम प्रदेशबासीको गौरवको विषय भएको बताउँदै त्यसमा बरु अझै खुला दिलले सहयोग गर्नुहुन्छ ।” बैठकमा ग्रामीण पर्यटन तथा शहरी विकास मन्त्री दिल्ली चौधरीले प्रदेशको राजधानी निर्माणका लागि सबै काम आफ्नो मन्त्रालयले काम गरि दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसैगरी शिक्षा मन्त्री बसीउद्धिन खाँले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउँदै आगामी दिनमा पनि राप्ती प्राविधिक शिक्षालयको विकासमा र सरस्वतस्ती मा।वि।को विकासमा लागि पर्ने बताउनुभयो । यस्तै स्वास्थ्य, जनसंख्या एवं परिवार कल्याण मन्त्री इन्जजित थारुले स्थानीयबासीहरुले प्रदेश सरकारको योजनालाई साथ दिनका लागि लागि परेकोले प्रदेश सरकारले अब छिटो कदम चाल्नु पर्ने सुझाव दिनुभएको छ ।
समाज सेवी एवं पूर्व शिक्षा मन्त्रीका राजनीतिक सल्लाहका जीवन गौतमकले नेपाल सरकारको शिक्षा मन्त्रालय संघीय मन्त्री मन्त्रीपरिषद् र प्रदेश सरकारले नीतितिगत निर्णय गरि दिनका लागि अनुरोध गरि दिनुभयो । बैठकमा राप्ती प्राविधिक शिक्षाका प्रमुख शालिकराम डाँगीले राजधानी निर्माणको लागि राप्ती प्राविधिक शिक्षालय दाङलाई सार्नका लागि अगाडि सरोकारवालाहरुको सहयोग पाएमा छिट्टै सार्न सकिने बताउनुभयो । उहाँले प्रदेश सरकारले फागनु १२ बतम लाईन दिएर आफूलाई सहिजलो भएको बताउँदै त्यसलाई कार्यन्वयन गर्नका लागि आफू र विद्यालय परिवार लाग्ने बताउनुभयो । उहाँले प्रदेशको राजनधनी निर्माणका लागि प्रदेश सरकारले निर्णय गरि सकेको बताउँदै अब छिटो गढुवा गाउँपालिकाको सरस्वस्ती मा.वि.मा सार्नका लागि अब कार्य थालनी गरिएको बताउनुभयो । उहाँले अब भौतिक संरचना निर्माणको काम सम्पन्न भई सक्न लागेकोले अब अगाडि जानुनको लागि नै प्रदेश सरकारले बतम लाईन प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भौतिक संरचनाका लागि बढाएको विद्यालय भवन निर्माण विद्यार्थीहरुको लागि बस खरिद, राप्ती प्राविधिक शिक्षाको रणनीति योजना, गढुवा गाउँपालिकामा प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा गाउँपालिकाकामा बृहत कार्यक्रम गर्ने, प्राविधिकको शिक्षालयको शैक्षिक पठन पाठन कार्य गढुवा गाउँपालिकाबाटै गर्न सकिने बताउनुभयो । सरस्वस्ती मा।वि।का विदालय व्यवस्थापन समितिले विश्वास विश्वकर्माले प्रदेश सरकारले गरेको निर्णयलाई छिटो भन्दा छिटो सहयोग गर्ने गरी कार्यक्रम रहेको त्यसमा सबै अभिभावक संघ सल्लाह गर्ने र कार्यन्वयमा प्रदेश सरकारलाई सहयोग गर्ने बताउनुभयो ।लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानीको स्थायी मुकाम र प्रदेशको नामाकरण आन्तरिक मामिला मन्त्री वर्तमान मुख्यमन्त्री हुँदा नै कार्य थालनी भएकोले आफ्नो र यस सरकारको पहिलो कार्यभार भएको बताउँदै त्यसलाई छिटो अधि बढाउनको लागि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो ।
आज भएको प्रदेशको राजधानी व्यवस्थापन एव राप्ती प्राविधिक शिक्षालयको स्तरणमा फागुन १२ गतेभित्र सरी सक्ने सहमति, प्रदेश राजनीति निर्माणको काम, जमिन प्राप्तीको कार्य लुम्बिनी प्रदेश सरकाको मन्त्री परिषदले अगाडि बढाई सकिएकोले अन्तिम भइसकेको, राजधानी निर्माणको लागि गुरुयोजना निर्माणको काम लगायतका काम करिव अन्तिम तिर गई सकेकोले गर्दा र राजधानी निर्माणका लागि संघीय सरकारले पनि १ अर्व बजेट प्रदान गरी सकेकाले अवस्था, प्रदेश सभा भवन पनि तयार हुने क्रममा रहेकाले गर्दा राप्ती प्राविधिक शिक्षालय सरेमा अब प्रदेश राजधानीमा मुख्यमन्त्री मन्त्रालय जाने कामको ढोका खुल्लनेछ ।
प्रतिक्रिया