कृषि

किशोर किशोरीलाई वकालत र पैरबी मार्फत समाधान सिकाइदै



भगवती न्यौपाने

बाणगंगाका विभिन्न वडाका किशोर किशोरीलाई वकालत र पैरबी सिकाउदै शिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले उनीहरुको क्षमता विकासको कार्यक्रम अघि वढाएको छ । सहज संजालका पदाधिकारी किशोरी किशोरीलाई पैरवी तथा वकालत सम्बन्धि २ दिने क्षमता विकास तालिम राखेर यस्तो गरेको हो । वाणगंगा वडा नम्वर ३,१०,र ११ का सहज संजालका किशोर किशोरी ३० जाना पदाधीकारीहरुको सहभागिता रहेको थियो । समाजमा देखा परेका समस्या सवालहरुलाई योजनाबद्ध तरिकाले उठान गर्न कार्यक्रमको आयोजना गरीएको सिद्धार्थ सामाजिक विकास केन्द्रका सिनीयर प्रोेग्राम कोर्डिनेटर आ टि खानले जानकारी दिनु भयो ।
सहजकर्ता खानले बालविवाह, लागुऔषध सम्बन्धि उठेका सवालहरुलाई कसरी पैरवी वा वकालत गर्ने, पैरवीका चक्रहरु, पैरवीका प्रक्रियाहरु, सरोकारवाला निकायहरु सँगको सम्वन्य तथ्यमा आधारित लगायका विषयमा पैरवी तथा वकालत सम्बन्धि क्षमता विकास तालिम मार्फत जानकारी दिनु भएको थियो ।यता संजालको उपाध्यक्ष यान्तरा थारु, सामाजिक परिचालक बालकुमारी चौधरीले सहजका लक्ष्य उदेश्य र प्राप्तिका लागि के गर्ने, समुहमा बसेर कसरी काम विषयमा बताउनु भएको थियो ।सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना स्ट्रोमा फाउन्डेशन नेपालको सहयोग वाणगंगा नगरपालिका १०को समन्वयमा भएको कार्यक्रममा सहज संजालका किशोर किशोरीहरुले पैरवी तथा वकाल मार्फत समाजमा रहेका समस्याको समाधान प्रस्तुत गरेका थिए ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६