प्रदेश

१ सय ५७ औं मोतिराम जयन्तीको अवसरमा कपिलवस्तुमा कबिता वाचन



कपिलवस्तु १५७ औ मोतिराम जयन्तीको अवसरमा कपिलवस्तुको तौलिहवमा कबिता वाचन र श्रद्धाञ्ली कार्यक्रम गरिएको छ । कपिलवस्तु नगरपालिकाको सहयोगमा बिश्व नेपाली साहित्यिक समाज र नव कपिलवस्तु साहित्यिक समाजको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कबि मोतिराम भट्टले नेपाली साहित्यको विकासमा गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा सहभागीत वक्ताहरुले साहित्य क्षेत्रको विकासका तिनै तहका सरकारले खासै चासो नदिएको र श्रष्ट्राहरुको सम्मान समेत नगरको भन्दै गुनासो पाखेका थिए ।

कार्यक्रममा ७ जनाले कबिता, २ जनाले मुक्तक, २ जनाले गीत बाचन गरेको थिए । सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उम मेयर सुनिता गुप्ताले देशको अमुल्य निधिहरुको राज्यले सम्मान गर्नु पर्ने बताईन । उनले साहित्य क्षेत्रको विकासकालागि आफनो पालिकाले समेत बजेट बिनियोज गरिने उनले बताईन ।

सकुन्ताला पौडेकाले अध्यक्षता भानु चुर्तबेदीको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघ कपिलवस्तृका अध्यक्ष किरणमान बज्राचार्य, पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेश कुमार पाण्डेय, रबि चन्द शाक्य, वरिराम चौरसिया लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६