प्रदेश

पाल्पाली साहित्यकार रेग्मीको बाल काव्य संग्रह ‘अलिकति’ कृति विमोचन




पाल्पा, १८ भाद्र । पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीको बाल काव्य संग्रह ‘अलिकति’ काठमाडौंमा विमोचन भएको छ । रेग्मीद्वारा लिखित ‘अलिकति’ को अग्रज बाल साहित्यकार डा. शैलेन्दु प्रकाश नेपालले शुक्रबार एक भव्य समारोहका बिच विमोचन गर्नुभएको छ ।

कृति लोकार्पण गर्दै प्रमुख अतिथि नेपालले पाल्पाली आदिकवि छविलाल नेपालदेखि पुष्कर रेग्मीसम्म आइपुग्दा पाल्पाको साहित्यले निकै फड्को मारेको बताउनुभयो । अलिकति बाल काव्य कृतिले ण्विभिन्न प्रविधा उपविधा समेटेको छ । कृति उदहरणीय रहेको छ’ उहाँले भन्नुभयो ।

समीक्षक तिलक प्रसाद लुइँटेलले बाल काव्य कृतिको समीक्षा गर्नुभएको थियो । उहाँले ‘हरेक अभिव्यक्ति छन्दअर्थ र भावपूर्ण हुन्छ । अलिकतिले सरल रूपमा विविध पाटो समेटेको छ । काव्यले गन्तव्य पहिल्याएको छ ।’ अथकको बाल काव्य संग्रह अलिकति भित्र लघुतम काव्य शीत, त्रिशूल , षडऋतु, आगो, मुक्तागो, हाइकु, साइनो, जुनेली, टुक्का, बाछिटा , पञ्चक , झर, खोरिया, कथन, करूवा, मुक्तक, गजल, छेस्का, गेडी, झ्याउरे, कोपिला, सुसेली, उदक, ताङ्का, पञ्चाङ र रम्बास गरि २६ वटा प्रविधा/ उपविधामा आधारित बाल काव्यहरू रहेका छन् । सोही अवसरमा बाल साहित्यको क्षेत्रमा मात्रै आधा दर्जन र जम्मा जम्मी अठारवटा कृतिहरू प्रकाशित गरिसकेका रेग्मीलाई अविस्रान्त कर्मशील पृथक साहित्यकारको रूपमा शीत काव्य समाज बाग्मती प्रदेशले अभिनन्दन गरेको छ ।

काठमाडौंमा आई अभिनन्दित हुन पाउँदा अपूर्व खुशी र गौरवको महसुस भएको लेखक रेग्मीले बताउनुभयो । कृति काठमाडौंमा बिमोचन गरिदिन चाजोपाँचो मिलाउनु हुने शीत ईश्वर कृष्ण केसी , दामोदर र शीत काव्य समाज बागमती प्रदेश परिवारप्रति रेग्मीले आभार व्यक्त गर्नुभयो । लेखक रेग्मीले उपन्यास कविता, कथा, जीवनी, गजल, अनुसन्धान लगायतका दर्जन बढी कृतिहरु प्रकाशित गरिसकेका छन्, भने दर्जानौ साहित्यिक सम्मानबाट सम्मानित भएका छन् ।

कार्यक्रमा विभिन्न उपविधाका परिकल्पनाकार, साहित्यकारहरूको उपस्थिती रहेको थियो । शीत काव्य समाज नेपाल बागमती प्रदेशको आयोजनामा भएको कार्यक्रम शीत ईश्वर कृष्णबहादुर के.सी.को अध्यक्षता , बागमती प्ररदेश उपाध्यक्ष माधव बिडारीको स्वागत, शीत काव्य समाज नेपालका महासचिव दामोदर ढकाल दीपकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित : १८ भाद्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६