प्रदेश

गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि प्रदर्शन उडान हुँदै



गुल्मी, २३ पुस । गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि डेमोस्ट्रेसन अर्थात् प्रदर्शन उडान हुने भएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भइसकेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभएको छ । उहाँका अनुसार भोलि बिहान ११ बजे प्रदर्शन उडान हुनेछ । काठमाण्डौबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ ।

तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाण्डौ फर्कने छ । प्राधिकरणले प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थाल्ने जनाएको छ ।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६