प्रदेश

यो सरकार ढाल्ने देउवाको प्रयास सफल हुन दिइदैनः ओलि



काठमाण्डौं, २३ पुस ।
सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिन तोकिएको समयमै संसदमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।

नेपालीहरुको बलजफ्तीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनाएको र त्यसलाई विश्वासको मत दिएर सफल बनाउनका लागि पार्टीका सांसदहरुले २६ गते एक मिनेट पनि ढिलाई नगरी संसदमा उपस्थित हुनुपर्नेतर्फ पनि पार्टीका सांसदहरुलाई उनले सचेत गराएका हुन्।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीहरुको बलजफ्तीबाट वर्तमान सरकार बनेको उल्लख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको उनले दोहो¥याए।

ओलीले यो सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै सफल हुन नदिने दृढता समेत व्यक्त गरे।

उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस भन्ने आफ्नो पार्टीको चाहना रहेको स्पष्ट पारे। वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले का‌ंग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहनुपर्ने उनको तर्क थियो।

प्रकाशित : २३ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६