कपिलवस्तु, २४ पुस ।
बाणगंगा नगरपालिका वडा न. १ मा विगत दुई वर्ष देखी ईन्भटर विग्रेकोले सेवाग्रहीले दुःख पाएको वडा अध्यक्ष सन्जु सारुले बताए । समय समयमा विधुत जाने भएकाले ईन्भटर विग्रेदेखी सेवा लिन आउने सेवग्राहीले सास्ती भोग्नु परेको उनले बताएका छन् । उनले भने “भन्दा लाज लाग्छ दुई बर्ष सम्म लगातार हामिले नगरपालिकामा माग गरेका छौं, तर नगरपालिका लाई चासो छैन् ।” उनले भने सेवालिन आउनेको लाईन लाग्छ तर समयमा सेवा दिन नपाँउदा आफुलाई खल्लो महशुस हुन्छ । ‘हुनत वडा न. १ मा दुई दुई वटा ईन्भटर सोलार सेट छन्, सबै बिगे्रर खराब छन काम गर्दैनन्, नगपालिकाले मर्मत गर्न भन्दा सुनेको नसुनेझौ गर्छ वडा अध्यक्ष सारुले भने ।’ भन्दा र सुन्दा सामान्य जस्तो लागेपनि नगरपालिकाले वडा वडा मा गर्ने ब्यवाहार फरक फरक रहेको उनले बताए । आईतवार पनि वडा कार्यालयमा सेवा लिन गएका सेवाग्राहिले विद्युत कतिवेला आउछ भनेर लाईनमा थिए ।
२४ पुस २०७९, आइतबार








प्रतिक्रिया