प्रदेश

रवि लामिछाने भन्छन्ः हामीले पाएको मत निराशाको होइन, आशाको हो



काठमाडौं, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापथि रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए ।

कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’

जनताले जानेर नजानेर राम्रोसँग मत दिएको उनले बताए । नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएको उनले बताए ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६