प्रदेश

बिचौलियाको ‘सेटिङ’ भत्काउने काममा सरकार अघि बढ्नुपर्छः माधव नेपाल



काठमाण्डौं, २५ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति र समाजका समस्याहरूलाई पहिलो प्राथमिकता दिएर काम गर्न नयाँ सरकारलाई आग्रह गर्नुभएको छ ।

आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले हरेक क्षेत्रमा छिटो सेवा दिने र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा सरकार अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आम मानिसको जनजीवन विकराल बनिरहेको भन्दै महँगी र कालोबजारीको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो । युवाको विदेश पलायनको क्रमलाई रोक्न पनि सरकारले आवश्यक भूमिका निर्वाह गर्न सक्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले अहिलेको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै अर्थतन्त्रको सुधार गर्न सरकारले आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैंक ब्याज चर्को भएका कारणले आमरूपमा सबै व्यवसाय धराशायी हुने अवस्थामा रहेको बताउनुभयो । सङ्कटग्रस्त अर्थतन्त्रलाई कसरी ठिक ठाउँमा ल्याउने, कृषिमा कसरी आत्मनिर्भर हुने, विदेशी पुँजीलाई कसरी नेपालमा आकर्षित गर्ने भन्नेबारेमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राजनीति, समाजका समस्याहरूलाई पहिलो स्थान दिएर नागरिकलाई सुशासनको पहिलो प्रत्याभूति दिनु पर्नेछ । हरेक क्षेत्रमा छिटोछिटो सेवा र सबै खालका बिचौलियाको सेटिङलाई भत्काउने काममा अघि बढ्नुपर्छ । महँगी, कालोबजारी, कृत्रिम अभाव देखेर युवा बेरोजगारीको चक्रमा फसेका छन्, विदेश पलायन गर्ने क्रम बढ्दो छ । सिङ्गो अर्थतन्त्र नै सङ्कटग्रस्त अवस्थामा छ । यो अर्थतन्त्रलाई उँभो लगाउन सबैको ध्यान जानुपर्छ । मिटरब्याजी समस्या चर्कोरूपमा देखापरेको छ, यसमा सरकारको ध्यान जाओस् ।’ अध्यक्ष नेपालले नागरिकले परिवर्तनको महसुस गर्ने गरी काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो ।

प्रकाशित : २५ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६