प्रदेश

सवारी साधनको सवारी चालक अनुमतिपत्र सेवा सुरु



पाल्पा २६ पुस यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले दुईपांग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र सम्बन्धी सेवा सञ्चालन सोमबारबाट सुरु गरेको छ । लुम्बिनी प्रदेशको तराईका जिल्लामा मात्र सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र पहाडी जिल्ला पाल्पामा पहिलो पटक काम सुरु भएको हो ।लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुर्मती ढेंगाले सवारीचालक परीक्षण केन्द्र, तानसेन नगरपालिका–७, ठाँटीमा सेवा सुरु भएको घोषणा गरिन् ।
जनताले सेवा सुविधा पाउने गरी सिद्धार्थ राजमार्गको बाँसटारी नजिकै सुरु भएको सवारीचालक अनुमतिपत्रका सबै काम हुनेछ । यातायात व्यवस्था सेवा कार्यालय सिद्धार्थ राजमार्गको वर्तुङमा संचालनमा छ । सेवा कर्याालय अन्तर्गत रहने सवारी चालक अनुमति पत्र केन्द्र निर्माण भएसगै पाल्पा लगायत पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र गण्डकी प्रदेशको स्याङजा का सवारीधनीले फाइदा लिने मन्त्रालयका सचिव दीपक नेपालले बताए ।
साना सवारी साधनको लागि निर्माण हुने सवारीचालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुवात भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतको काम हुनेछ । ३ करोड ५० बजेट आवश्यक भए पनि यसवर्ष १ करोड बजेट रहेको छ । बाँसटारी क्षेत्रमा प्राप्त जग्गामा भवन र सवारीचालक अनुमतिपत्र तथा परीक्षण केन्द्र सञ्चालन हुँदा विकाससँगै रोजगारी पनि वृद्धि हुने तानसेन नगरपालिका–६, का वडाध्यक्ष सागरमान महर्जनले बताए ।
काम समयमै हुनुपर्ने र यसबाट पहाडी जिल्लाका बासिन्दाले फाइदा लिने उनले बताए । वडा सदस्य रिमा सारु, लेखापढी व्यवसायी लक्ष्मण रावल, मन्त्रालयका अधिकृत ओम चिदी, यातायात सेवा कार्यालय पाल्पाका प्रमुख केशव सुनारलगायतले जनतालाई सहज ढंगले काम गर्ने गरी कार्यालयले काम गर्ने बताए ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६