जीवनशैली

तत्काल पर्ने सम्भावना छैन



काठमाण्डौ २६ पुस – आज देशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसविद्ले बताएका छन् । मौसमविद् विनु महर्जनका अनुसार आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसम आंशिकदेखि समान्य बदली हुने सम्भावना छ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।
तराईका जिल्लामा अहिले हुस्सु कुहिरो लागे पनि दिउँसो हट्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागेको छ । दिउँसो पारिलो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
तत्काललाई वर्षा हुने सम्भावना नरहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । यसपालि हिउँद सुरु भएदेखि अहिलेसम्म वर्षा हुन सकेको छैन । पानी पार्ने प्रणाली नआउँदा हिउँदे वर्षा हुन नसकेको र यसले गर्दा हिमपात समेत नभएको मौसमविद्ले बताएका छन् ।
हिउँदयामको डेढ महिना पानी नपरि बितेको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी महिनालाई हिउँदयाम भनिन्छ । डिसेम्बर महिनाभरि नै पानी परेन भने आज जनवरी १० तारिखसम्ममा आइपुग्दासम्म पनि वर्षा हुन सकेको छैन । अबको एक हप्ता पनि पानी पर्ने कुनै सम्भावना नरहेको मौसमविद् विनु महर्जनको भनाइ छ । पानी नपर्दा हिउँदे बालीमा असर पर्न थालेको छ ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६