प्रदेश

प्रतिनिधि सभाको बैठक १ बजेसम्मका लागि सर्‍यो




काठमाण्डौ, २६ पुस । प्रतिनिधि सभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधि सभाको बैठक सारिएको बुझिएको छ । अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष छ । इतर समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा छ ।

प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको थियो । अधिकारिक निर्णय गर्न संसदीय दलको बैठक बसिरहेको हो।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६