प्रदेश

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप



काठमाडौं, २६ पुस ।

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ।यसअघि कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

संसदमा बोल्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। उनले नेपालका दलहरूले गठबन्धनको राजनीतिमा अभ्यस्त हुनु पर्ने पनि बताए।

यसअघि कांग्रेस सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन दिन नहुने भन्दै असहमति राखेका थिए।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६