तुलसीपुर २६ पुस – अलपत्र तुलसीपुर– घोराही चारलेन सडक बारे ‘सडकमै’ कबिता वाचन गरिएको छ । मंगलबार घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कबिता वाचन कार्यक्रम आयोजना गरिएको हो ।
सचेत नागरिक दाङको व्यानरवाट कबिता वाचन कार्यक्रम राखिएको भएपनि त्यसको नेतृत्व भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नं २ मा उम्मेदवार बनेका इन्जिनियर विशाल अधिकारीले गरेका थिए । कार्यक्रममा कबिहरु लोकराज पराजुली, कमलमणि देवकोटा, श्रवण नेपाली, सुदन पौडेल, लक्ष्मी बुढाथोकी, कुबेर गन्धर्व र बिक्रम गन्धर्वले चारलेन सडकको अवस्था र त्यसबारे सृजित परिस्थिती बारे आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
त्यसपूर्व कार्यक्रयको सुरुवातमै इन्जिनियर अधिकारीले चारलेन सडकको बर्तमान अवस्था र समाधानका लागि गरिएको पहलकदमी र किन ठेक्का रद्द आवश्यक छ रु भन्ने बारे प्रस्तुतीहरु राखेका थिए । उनले तत्काल नयाँ ठेक्कामा जानुपर्ने धारणपनि रोखका थिए ।
२७ पुस २०७९, बुधबार
प्रतिक्रिया