प्रदेश

न्याय पहिचानको आन्दोलनका रुपमा कपिलवस्तुको बाणगंगामा माघी महोत्सव तयारी




पिताम्बर घिमिरे(हरि),
कपिलवस्तु, २९ पुस ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा नगर स्तरिय चौथो माघी खिचडी महोत्वसव हुने भएको छ । न्याय पहिचानको आन्दोलन र थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । माघ २, ३ र ४ गते बाणगंगा ९ कपिलधाममा माघी मेला हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य जन्जीर प्रसाद थारुले हराउँदै गएको थारु जातीको मौलिकपनलाई संरक्षण गर्न यस महोत्सवले अहम भूमिका निर्वाह गर्ने बताए । उनले थारु समुदाय बर्षौ देखी न्याय पहिचानको आन्दोलनमा रहेको उल्लेख गर्दै नयाँ सरकारले आफुहरुलाई न्याय दिनेका विश्वस्त रहेको बताए । महोत्सवमा थारुहरुको सिप, कलासंग जोडिएका सामग्रीहरुको बजारीकरण समेत गरिने उनको भनाई छ । थारुहरुको भेष भुषा, सस्कृति झल्किने गरि राखिने स्टल निःशुल्क उपलब्ध गराईने उनले जानकारी दिए ।
यस्तै कार्यक्रममा बोल्दै थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर चौधरीले भने यो महोत्सव थारुहरुको हक, अधिकारी तथा न्यायसंग जोडिएका छ । चौधरीले टिकापुर घटनाको प्रसङ्ग उल्लेख गर्दै सरकार पक्षबाट थारुहरुमाथि अन्याय भएको समेत दाबी गरे । उनले थारुहरुले माघि महोत्सवलाई नयाँ बर्षको रुपमा मनाउँदै आएको र ’थारु सम्बत २६४५ लाई विदा गरेर २६४६ लाई स्वागत गर्ने तरखरमा थारु समुदाय रहेको बताए ।
यसैबिच थारु कल्याणकारिणी सभाका पुर्व केन्द्रिय सदस्य भोजराज थारुले माघि महोत्सव थारुको वास्तवित पहिचान झल्काउन महत्वपुर्ण सावित भएको दाबी गरे । उनले महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारुसीप हस्तकला प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरू रहेको बताए । महोत्सवमा थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच,मयुर नाच, सजनी विरहनी गित रेकर्ड डान्स समेत हुने उनले जानकारी दिए । महोत्सवमा १० जना थारु समुदायका वृद्धवद्धालाई सम्मान गर्ने कार्यक्रम रक्तदान कार्यक्रम समेत हुने थारुले बताए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा बाणगंगाका अध्यक्ष नाथुराम थारुले महोत्सवले थारु समुदायको संस्कृतिकको संरक्षणसँगै राजनीतिक चेतपनि भर्ने बताए । थारु समुदायमा राजनीतिक चेतको आवश्यकता रहेको बताउँद उनले महोत्सवले थारु समुदायमा नेतृत्वक्षमताको विकास गर्दै आएको दाबी गरे । उनले महोत्सवलाई भव्य रुपमा सफल बनाउन सबैको साथ सहयोग मिल्ने विश्वास व्यक्त गर्दै भने, ’नगरपालिका, वडासंगै अन्यसरोकारवाला सबै निकायको साथ मिलेको छ । यस थप उर्जा प्राप्त भएको छ ।’महोत्सवले पर्यटन विकासलाई टेवा पुग्ने बताउँदै उनले चौथो माघि महोत्सवले यस क्षेत्रका थारुहरुमा रौनक छाउने बताए । पत्रकार सम्मेलनमा पत्रकार पार्वती पाण्डेले महोत्सव सफलताको शुभकामना व्यतm गरेकि थिईन । शुक्रवार आयोजित सम्मेलनमा थारु पत्रकार सघंका केन्द्रिय सचिव कमल चौधरीको सचांलन रहेको कार्यक्रममा बाणगंगाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २९ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६