प्रदेश

कपिलवस्तुमा विप्लव–महराको अर्थपूर्ण भेटघाट



कपिलवस्तु, ३० पुस । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेताहरु भएको स्थानमा पुगेर भेटघाट गर्नुभएको छ ।

नेकपा केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तु पुगेर नेता महराले विप्लव, प्रकाण्डसहितका शीर्ष नेताहरुसँग भेट गर्नुभएको हो । नेकपा माओवादी केन्द्रमा एकताको बहस चलिरहेको बेला नेता महराको यो भेटलाई विशेष अर्थमा लिइएको छ । विप्लव नेतृत्वका एक नेताले माओवादी वरिष्ठ उपाध्यक्ष महरा शीर्ष नेतालाई पार्टी कार्यालयमै आएर भेटघाट गरेको बताउनुभयो।

विप्लव नेतृत्वको नेकपाको शनिबारदेखि पोलिटब्युरो बैठक शिवगढीमै हुने र शुक्रबार केन्द्रीय प्रतिनिधि छनौटका लागि सबै नेताहरु जुटेको समयमा महरा पुगेपछि सबैसँग भेट भएको थियो ।

प्रकाशित : ३० पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६