प्रदेश

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्य मनोनीत



काठमाडौं, ३० पुस । हिजो मात्र नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसाललाई पार्टीले केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ। शनिबार बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको हो।

भुसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। तर, उनी एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए।

प्रकाशित : ३० पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६