कपिलवस्तु, ३० पुस ।
नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माले माघि सक्रान्ति पर्व २०७९ सालको अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ । जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शुभकामना सन्देशमा विशेषगरी आदिवासी थारु समुदायको मुख्य पर्वका रुपमा मानिने माघि सक्रान्ति पर्वको अवसरमा सबै जात जाती, भाषा, भाषि, वर्ग समुदाय बीचको भाइचारा एकता, सदभाव, कायम राख्दै समुन्नत समाज निर्माणमा सबै पक्ष बीचको सहकार्यमा जोड दिनु भएको छ । अध्यक्ष शर्माले समुद्ध नेपाल सुखी नेपालीको परिकल्पना पुरा हुदा मात्र सिंगो नेपाली समाज खुशी रहन सक्ने हुदा त्यसका निम्ति सबै पक्षले पर्वका माध्यमबाट सकारात्मक सन्देश प्रभावमा जोड दिन आग्रह गरिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।
३० पुस २०७९, शनिबार








प्रतिक्रिया