ब्रेकिंग न्युज

कपिलवस्तुकै सर्वाधिक ठूलो लगानीको खानेपानी समितिको अध्यक्षमा कार्की सर्वसम्मत निर्वाचित




कपिलवस्तु ३० पुस । कपिलवस्तुकै सर्वाधिक ठूलो धनराशी लगानीवाट नयाँ संरचना सहितको निर्माणाधिन खानेपानी उपभोक्ता समितिको अध्यक्षमा विश्व कार्की निर्वाचित हुनु भएको छ । संघिय सरकार मार्फत बाणगंगा २ मा कपिलवस्तुकै ठूलो क्षमताको खानेपानी आयोजनाकालागि ३२ करोड बजेट ल्याएर सह्रानिय काम गरेको भन्दै बाणगंगा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा विश्व कार्कीलाई दोश्रो कार्यकालकालागि उपभोक्ताले सर्बसहमत अध्यक्षमा निर्वाचित गरेका छन् ।

संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अध्यक्ष कार्कीले अघिल्लो एक कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गर्नुभएको छ ।अघिल्लो कार्यकालमा उत्कृष्ट खानेपानीलाई दिगो संस्थागत रुपमा अगाडि बढाई करौडौको बहुबर्षिय योजना पार्न सफल कार्की सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले जिल्लामै नमुना खानेपानीको रुपमा विकास गर्ने प्रतिवद्धताका पुनः अध्यक्षमा निर्वाचित भएको बताउनुभयो । कार्कीले पुनः अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने आम उपभोक्ता महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनुभयो । कार्कीले उपभोक्तामुखी, संस्थागत विकाससंगै शुद्ध खानेपानी र सरसफाईलाई प्रमुख प्राथमिकता दिंदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित : ३० पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६