प्रदेश

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते



रोल्पा १ माघ । गंगादेव गाउँपालिका-४ सिस्नेमा शनिबार साँझ भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
गंगादेव गाउँपालिका-७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा१त ४१६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो ।
मृतक वली गंगादेव(७ तिम्ले निवासी हुन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
ट्याक्टरमा सवार गंगादेव-७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरवर केसी घताइते भएका छन । उनीहरुलाई उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ । ट्याक्टर सडकबाट २०० मिटर तल खसेको थियो ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६