प्रदेश

नारायणी नदीमा आजदेखि ‘क्रुजसीप’ चल्ने



काठमाण्डौ, ०१ माघ । चितवनको नारायणी नदीमा आजदेखि क्रुजसीप अर्थात् सानो पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आज दिउँसो १ बजेदेखि राइनो क्रुजसीप सञ्चालनमा आउने जानकारी दिएको छ । यसको २ वर्षअघि नै परीक्षण गरिएको थियो । तर कोरोना महामारी, नीतिगत पक्ष तथा व्यवस्थापनमा समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । अहिले सबै प्रक्रिया पूरा गरेर व्यावसायिक रुपमा क्रुजसीप सञ्चालनमा ल्याउन लागेको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले जानकारी दिनुभयो । तीन तलाको क्रुजसीपको क्षमता २ सय जनाभन्दा धेरै अट्ने रहेको छ । तर अहिले १ सय ८० जनासम्म यात्रु चढ्न सक्नेछन् ।

नारायणगढको पुल्चोकदेखि झण्डै ९ किलोमिटर दक्षिणमा रहेको काभ्रेघाटमा क्रुजसीपको स्टेसन रहेको छ । ४० किलोमिटर सञ्चालन अनुमति प्राप्त रहेको तर अहिले नदीले धार परिवर्तन गरेको तथा पानीको सतह कम भएकाले छोटो दूरीमा मात्रै चल्ने उहाँको भनाइ छ ।

यात्रामा हुनसक्ने जोखिम बहन गरी सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६