प्रदेश

पोखरा जहाज दुर्घटनामा लोकगायिका निरा छन्त्यालको मृत्यु



काठमाडौं, ०१ माघ ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ। उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्। दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्।

उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्। ‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।

गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए।

‘हामी पोखरामा बस्ने छन्त्यालहरूले आफ्नो महान् पर्व भनेर उहाँलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका थियौं। उहाँको दुर्घटना भएको जानकारी पाएसँगै हामीले कार्यक्रम स्थगित गरेका छौं,’ उनले भने।

नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तरछन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो।

आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए।

गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन्। उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।

प्रकाशित : १ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६