प्रदेश

विमान दुर्घटनाः ज्यान गुमाएका ३८ जनाको पहिचान खुल्यो, विमानको ‘ब्ल्याक बक्स’ पनि भेटियो




पोखरा, ०२ माघ । पोखरामा हिजो भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन । उनीहरुको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताउनुभयो । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाउने तयारी छ ।

यस्तै, दुर्घटना भएको यती एअरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो । ‘ब्ल्याक बक्स’ विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ‘ब्ल्याक बक्स’ नेपाली सेनालाई बुझाइएको छ ।

‘ब्ल्याक बक्स’ आजै काठमाण्डौ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट उडेको विमान पोखरामा अवतरण गर्न ठिक्क परेको अवस्थामा अचानक खोँचमा ठोक्किएको हो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना व्यक्ति रहेका थिए ।

प्रकाशित : २ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६