प्रदेश

लुम्विनीमा सभामुख निर्विरोध : उपसभामुखमा ३ को उम्मेदवारी



देउखुरी, २ माघ ।लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रकाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको हो ।सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहनुभएको छ ।

उपसभामुखको प्रस्तावकमा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहनुभएको छ ।लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती बसन्त निर्विरोध भएका छन् भने उपसभामुखमा तीन जनाको उम्मेदवारी परेको छ । सभामुखमा घर्तीको मात्रै उम्मेदवारी र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको हो।सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेसले उपसभामुखमा मात्रै र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा मात्रै मनोनयन दर्ता गरेको छ ।नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १को १ बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । सत्तारुढ दलबाट उपसभामुखमा राप्राकी मेनुका खाण केसीको मनोनयन दर्ता भएको छ ।
कांग्रेसले सभामुखमा उम्मेदवारी दिएको छैन । कांग्रेसका विश्वप्रेम पाठकको प्रतावकमा प्रदेश सभा सदस्य वसीउद्दिन खाँ र समर्थकमा राजु खनाल रहेका छन् ।यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहेका छन् । सत्तारुढ दलबाट नागरिक उन्मुक्ति बाहिरिएको संकेत छ । दुई वटा मन्त्रालयमा सहमति थियो ।तर, हामीले भनेको जस्तो भएन,संसदीय दलका नेता धर्म चौधरीले भने–हामीलाई माओवादी, एमाले, कांग्रेस सबैको समर्थन मिल्छ।

प्रकाशित : २ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६