जीवनशैली

भैरहवास्थित बाल सुधारगृहमा पूर्वाधार अभाव



भैरहवा ४ माघ । भैरहवास्थित बाल सुधारगृहमा भौतिक पूर्वाधारको अभावका कारण व्यवस्थापनमा समस्या भएको छ। सुरक्षाकर्मीका लागि बनेको भवनमा बालकहरू राख्नुपर्दा विभिन्न किसिमको समस्या देखिने गरेको बाल सुधारगृहका प्रमुख सुभद्रा गौतमले बताउनुभयो।
यसअघि एक तलामा मात्र विभिन्न मुद्दाका बालकहरू राखिँदै आएकोमा क्षमताभन्दा बढी बालक आउन थालेपछि भुइँ तलाको थप दुईवटा कोठा प्रयोग गरिएको छ। सो भवनमा हाल ७० देखि ८० बालक राख्न सकिने गौतमले बताउनुभयो। यसअघि सुधारगृहको क्षमता ४० जनासम्म थियो। अहिले ७५ जना बालक रहेका छन्।
क्षमताभन्दा बढी बालकहरू राख्दा विभिन्न खालका स्वास्थ्य समस्यासमेत निम्तिने सुधारगृह प्रशासनले थप दुईवटा कोठामा बालकहरू राख्न थालेको हो। सुधारगृहमा बालकहरूको चाप बढी भएपछि गत असारमा २१ जनालाई विभिन्न जिल्लामा स्थानान्तरण गरिएको थियो।
बाल सुधारगृहमा ७५ जना बालकमध्ये ३० जना कैदी र ४५ जना थुनुवा रहेका छन्। २०७५ साल भदौबाट बाल सुधारगृह सञ्चालनमा ल्याइएको थियो। मोरङ, रुपन्देही, भक्तपुर, सराङकोट ९कास्की०, पर्सा, हेटौँडा, बाँके र डोटी गरी आठ जिल्लाका बालकहरू सुधारगृहमा रहेका छन्। यो बाल सुधारगृहमा खाजा, नास्ता, मनोपरामर्श, पठनपाठनको सुविधा छैन।
सुधारगृहका प्रमुख गौतमका अनुसार कोभिड–१९ सङ्क्रमण फैलिएपछि दुई वर्ष आफन्तहरू भेट्नसमेत आएनन्। अहिले आउने गरेका छन्। सरकारले थुनामा रहेका बालकहरूलाई दैनिक सात सय ग्राम चामल र ६० रुपियाँ दिने गरेको छ। यसले उनीहरूको दैनिक खर्च धान्नै धौ–धौ हुने गरेको छ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६