प्रदेश

सैनामैनामा बोलेरो र माइक्रो बस ठोक्किदाँ १० जना घाइते, ४ को अवस्था गम्भीर



सैनामैना, ०४ माघ । रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एक आपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन् ।बुधबार विहान सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवल तर्फ आउँदै गरेको लु १ ख ८७८५ नम्बरको माइक्रो बस र कपिलबस्तु तर्फ जाँदै गरेको नम्बर नखुलेको बोलेरो एक आपसमा ठक्कर खाएका थिए । दुर्घटना परी घाइते भएका मध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी हवलदार रामचन्द्र केसीले ग्लोबल आवाजलाई जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको नाम खुल्न बाँकी रहेको प्रहरी हवलदार केसीले बताए ।

प्रकाशित : ४ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६