प्रदेश

कपिलवस्तु सहित ४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा



काठमाडौं, ७ माघ । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै जेलर, निर्देशकसम्म रहेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रालाई जिल्ला प्रशासन कार्यलय तनहुँ पठाईएको छ भने, जिल्ला प्रशासन कार्यलय गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य कपिलवस्तु आउने भएका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजाललाई सरूवा गरिएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।

जनघनत्व धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ । मोरङका सिडिओ काशीराम दाहाललाई धनुषा धनुषा पठाइएको छ ।

प्रकाशित : ७ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६