प्रदेश

कपिलवस्तु जेसिजको अध्यक्षमा अमृत घिमिरे चयन



कपिलवस्तु, ०८ माघ ।

कपिलवस्तु जेसिजको अध्यक्षमा अमृत घिमिरे चयन हुनु भएको छ । २३ औ शाखा अधिवेशनबाट वर्ष २०२३ का लागि कपिलवस्तु जेसिजको अध्यक्षमा अमृत घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । जसको कार्यकारिणी उपाध्यक्षमा झबिन्द्र खनाल र चन्द्रकान्त पोख्रेल चयन हुनुभएको छ ।

उपाध्यक्ष पदमा क्रमशः तिलकराम पाण्डे, ईश्वरराज न्यौपाने, महेशकृष्ण आचार्य र रीतु खरेल चयन हुनुभएको छ भने कानुनी सल्लाहकारमा प्रबिन पौडेल मनोनित हुनुभएको निर्वाचन आयुक्त गुणनीधि भुसालले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले जेसिजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अवसर प्रदान गर्ने भएकाले आफनो कार्यकालमा नयाँपनका साथ संस्था अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जेसिजमा एक वर्ष मात्र नेतृत्व गर्ने अवसर पाइने भएकाले शाखाको गरिमालाई माथी उठाउने गरी काम गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

वाणगंगा १ बैरियामा रहेको कपिलवस्तु जेसिजको शाखा अधिवेशनमा संस्थाका पूर्व अध्यक्ष गुणनिधी भुसाल, रविराज आचार्य, गोपालमणी ज्ञवाली, रुक बहादुर भुसाल, रमेशचन्द्र भुसाल, सुन्दर पाण्डे, खुमानन्द घिमिरे, मनोज कुमार क्षेत्री, मनोनयन अधिकृत भिमकान्त भट्टराई, निवर्तमान अध्यक्ष गुरुदेव पोडेल लगाएतको उपस्थिती रहेको थियो । निर्वाचित शाखाका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित : ८ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६