प्रदेश

हिलबर्टका करिब ११ सय विद्यार्थीले एउटै स्टेजमा देखाए वाल प्रतिभा



कपिलवस्तु, ११ माघ ।
हिलबर्ट ईङ्गलिश बोर्डिङ्ग स्कुलले वाल प्रतिभा प्रस्तुती तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलापसंगै अध्यापनमा समेत जिल्लामै उत्कृष्ट कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पिपरामा अवस्थित यस हिलबर्ट ईङ्गलिश बोर्डिङ्ग स्कुल यस्तो स्कुल हो जस्ले सबै विद्यार्थीहरुलाई स्टेज चढाउँछ । कार्यक्रममा करिब ११ सय विद्यार्थीले बाल प्रतिभा देखाएका थिए । हिलबर्टले सबै विद्यार्थीहरुलाई स्टेज चढाई प्रतिभा प्रस्फुटन गराउँदा अभिभावकहरु दंग पर्छन् ।

त्यस्तै भयो हिलबर्टको वाल प्रतिभा पस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम । दिनभर वालवालिकाहरुका प्रस्तुती हेर्दा कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा अभिभावकहरु दंग परेका थिए । आ आफ्ना वालवालिकाहरुले प्रतिभा देखाउदा खुसीले गदगद हुंदै अभिभावकहरुले तस्बिर खिचिरहेका थिए । यता विद्यार्थीहरुले विभिन्न पोसाकमा सजिएर नृत्य, गीत, सन्देशमुलक नाटक लगायत दिनैभरी प्रस्तुत गरिरहेका थिए ।

मंगलवार आयोजित उक्त कार्यक्रममा केहि समय अगाडि सम्पन्न खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो । पढाईसंगसंगै विद्यार्थीहरुको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गरि उनीहरुको हौसला वृद्धि गर्नका लागि पुरस्कार वितरण गरिएको स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले हिलवर्ट ईङ्गलिश बोर्डिङ्ग बस्कुल प्रदेशमा मात्र नभई राष्ट्रमै आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । सांसद पन्थीले अतिरिक्त क्रियाकलाप मात्र नभई अध्यापनमा समेत अगाडि रहेको तथ्यांकले देखाएको भन्दै हिलवर्ट उत्कृष्ट शैक्षिक संस्था रहेको दावि गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै पुरस्कार वालवालिकाहरुको जिवन्त जिवित रहने भन्दै थप हौसला बढ्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका नगर उप प्रमुख रीता कुमारी चौधरीले नगरपालिका हिलबर्ट ईङ्गलिश बोर्डिङ्ग स्कुलको गुणस्तरीय शैक्षिक क्रियाकलापले नगरको शैक्षिक स्तरमा टेवा पुगेको बताउनुभयो । कार्यक्रमका विशिष्ठ अतिथि रहनुभएकी चौधरीले किताबि ज्ञानले मात्र विद्यार्थीहरुको क्षमता विकास नहुने भएकाले हिलवर्टले गरेका क्रियकलाप प्रशंसनीय रहेको बताउनुभयो ।

स्कुलका अध्यक्ष दिपक कुवंरले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्कुलका सहायक प्रिन्सिपल कुशल पाण्डेको स्वागत तथा शिक्षक तेज प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रशिक्षक तथा पर्याप्त खेलमैदान सहित खेलकुदको समुचित व्यवस्था, स्वीमिङ पुल सहितको जिल्लाकै पहिलो विद्यालय, वाल तथा अपांगतामैत्री, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छुट तथा निःशुल्क अध्यापन सहित हजारौ विद्यार्थीहरुको भविष्य समुज्जवल बनाउन लागिरहेको छ हिलबर्ट स्कुल ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६