प्रदेश

बाणगंगामा साहनी बिल्डर्सको मनोमानी हरेक योजना अधुरै अलपत्र




हरि घिमिरे,

कपिलवस्तु, ११ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्गत विभिन्न योजनाको ठेक्का पाएको साहनी विल्डर्सको लापरवाहीले थालिएका योजना पनि अधुरै रहेका छन् । बाणगंगामा साहनि बिल्डर्स भैरहवाले वडा न. ८ को बन्डौलि, गन्सहवा, चप्परगाँउ बाटो पिचको ठेक्का आर्थिक बर्ष २०७८/०७९मा सम्झौता भएर सुरु गरेको थियो । उक्त सम्झौता माथि बाणगंगा नगरपालिकाले २०७९ असोज मसान्त सम्मको म्याद थप गरेको थियो । थप म्याद सकिएको पनि तिन महिना बितिसक्दा सम्म काम सकिएको छैन । सडक अलपत्र छ । सडकमा गिट्टी, बालुवा जस्ता निमार्ण सामग्री अलपत्र थुपारिएको छ । कतै भएको पिच पनि दुवो माथि गरिएको छ । कतै पिच गरेको ठाँउमा दुवो पलाएको छ । जसले गर्दा स्थानीयलाई सास्ती भएको छ ।

यस्तै बाणगंगा वडा न. ३ का दुईवटा योजनाको ठेक्का पाएको कम्पनिले दुवै योजना अलपत्र परेको छ । वडा न. ३ को ठाँटी र सिउटि हथौसा जोड्ने बाटोको अवस्था पनि उस्तै अलपत्र पारेर छाडेको वडा अध्यक्ष टेक बहादुर झेडी मगरले बताए ।

उता वडा न. ६ मा पनि उक्त कम्पनीको ठेक्का छ तर सबै योजना अलपत्र छन् । वडा का योजना यसरी अलपत्र हुदाँ वडाका बासिन्दा लाई सास्ती खेप्नु परेको वडा अध्यक्ष करुण टन्डनले बताए ।

त्यस्तै साहनी बिल्डर्सले वडा न. ११ का योजनाको पनि ठेक्का पाएको छ । त्यहाँ पनि कम्पनीका बदमासीले बाटाहरु अपुरौ रहेको वडा अध्यक्ष नरेन्द्र प्रसाद थारुले बताए । वडा अध्यक्ष थारुले भने यो कम्पनिले काम नगर्दा वडा मात्र नभएर नगरपालिकालाई पनि ठुलो नोक्सानी भएको छ । आइन्दा यस्ता कम्पनीलाई ठेक्का दिदा ख्याल गर्नु पर्ने उनले बताए ।

साहनिले पाएका सबै ठेक्का २०७८/०७९मा सम्झौता भएर काम नसकिएपछि नगरपालिकाले २०७९ असोज मसान्त सम्मको म्याद थपेको थियो । साहनिको मनोमानी कुनैपनि योजना सम्पन्न भएका छैनन् । भएका काम पनि गुणस्तरीय नभएको स्थानीयले बताएका छन् । नगरपालिकाले पटक ताकेता गर्दापनि साहनी बिल्डर्सका संचालक लबकुश साहनीले अटेरी गरेको नगपालिकाले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६