प्रदेश

उद्योग व्यापार संघ कपिलवस्तुद्धारा प्रमुख जिल्ला अधिकारीलाई स्वागत



कपिलवस्तु, १६ माघ । उद्योग व्यापार संघ कपिलबस्तुले प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यलाई स्वागत गरेको छ । संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) को नेतृत्वमा जिल्ला प्रशासन कार्यालय तौलिहवामा पुगि आचार्यलाई आईतवार स्वागत गरिएको हो ।

गोर्खा जिल्लाबाट सरुवा भई कपिलवस्तु आएका प्रजिअ आचार्यलाई मायाको चिनो र खादाले सम्मान गर्दै संघले जिल्लाको समग्र शान्ति सुरक्षा र अवस्थाबारे अवगत गराउँदै व्यवसायीका समस्याहरु राखेको अध्यक्ष पौडेलले बताए । ब्यवसायीका कुरा सुनेपछि प्रजिअ आचार्यले आफू संवेदनशिल रहेको बताएका पौडेलले बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, संघका बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष यम बहादुर केसि, महिला उपाध्यक्ष गितादेबी पौडेल, बस्तुगत उपाध्यक्ष बेदराज नेपाली, बाणिज्य उपाध्यक्ष शंकर भाट क्षेत्री , महासचिब बासुदेब खनाल , कोषाध्यक्ष शालिकराम आचार्य , सदस्यहरु कृष्ण पौडेल , बेलाल अहमद , अब्दुर रहमान रहेका थिए ।

त्यसैगरी नेपाल उद्योग व्यापार महासङ्घ लुम्बिनी प्रदेस सदस्य मनोज नेपाली , कृष्ण कलवार तथा सल्लाहाकार राम प्रसाद गैरे (हरि) को पनि सहभागिता थियो ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६