प्रदेश

नौ किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ



काठमाण्डौ, १९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन् । विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई) दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गएराति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाइ दुबईको एफ–२५७३ मार्फत काठमाण्डौ आएका उनलाई गएराति १२ बजे पक्राउ गरिएको हो । घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताउनुभयो ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६