प्रदेश

सिरियामा भूकम्पले भत्काएको भग्नावशेषमुनि जन्मिएका नवजात शिशुको उद्धार




माघ २५, एजेन्सी ।
सिरियामा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट नवजात शिशुको उद्धार भएको छ । उद्धारकर्मीहरुले भूकम्प गइसकेपछि भग्नावशेषमुनि जन्मिएका शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ ।

आमा मृत अवस्थामा र शिशु जीवितै भेटेको र अहिले शिशुको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीको खबरमा उल्लेख छ ।भूकम्पमै परेर ती शिशुका बुवा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाएको शिशुका आफन्तलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

एउटा भिडियोमा ती शिशुलाई धुलोले ढाकेको अवस्थामा भग्नावशेषबाट निकालिएको देखिन्छ । इडलिब प्रान्तको विपक्षी नियन्त्रित एक सहरबाट उनको उद्धार भएको हो । टर्कीमा गएको भूकम्पका कारण टर्की र सिरियामा गरी सात हजार ८ सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

प्रकाशित : २५ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६