प्रदेश

राष्ट्रपति रनिङशिल्डमा ५औं पटक पनि हेमराज माविको जित




कपिलवस्तु, ०६ फागुन ।
कपिलवस्तु बाणगंगा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा हेमराज माविले ५औं पटक पनि जित निकाल्न सफल भएको छ ।

संघीयता कार्यान्वयनसंगै नगरपालिकाले सन्चालन गर्दै आएको नगरस्तरीय रनिङ शिल्डमा हेमराजको ५औं पटक पनि जित निकाल्न सफल भएको हो ।

हेमराज माविले नगरस्तरीय लगातार पाँचौ पटक शिल्डको उपाधि जित्न सफल भएको छ । बाणगंगाले सन्चालन गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डले यो पटक पनि हेमराज माविले एतिहास कायम राखेको छ ।

पिपराको जनता नमूना माविको खेल मैदानमा सन्चालन भएको प्रतियोगीतामा हेमराज माविले १४ स्वर्ण, ९ कास्य पदक जित्दै प्रथम भएको छ ।

३३ मावि विद्यालय मध्ये २७ विद्यालयको सहभागीता रहेको प्रतियोगीतामा बाणगंगा मावि गजेहडा ७ स्वर्ण, ६ कास्य र ५ रजत पदक जित्दै दोस्रो भएको छ ।

जनता मावि पिपराले ३ स्वर्ण, ५ कास्य र ६ रजत पदक जितेको तेस्रो हुन सफल भएको बाणगंगा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसीले जानकारी दिए ।

नीजि विद्यालय तर्फ हिलवर्ट बोर्डिङ स्कूल ३ स्वर्ण, २ कास्य र ३ रजत पदक जितेर सान्त्वना स्थानमा आएको छ ।

प्रतियोगीतामा भलिवल, कपर्दी, हाइजम्प, लङ्गजम्प, ट्रिपलजम्प, सटफुर्ट, ज्याभलिङ थ्रो, कराते खेल भएका थिए । साथै एक सय, दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मिटरको दौड भएको थियो भने रिले दौड पनि सन्चालन गरिएको थियो ।

उपाधि जित्ने हथौसाले ५० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेतामा समिति बाणगंगाले नगद रु।२५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६