कपिलवस्तु, ०१ चैत्र ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकिदै गर्दा कपिलवस्तुको बाणगंगामा रहेका क्याम्पसहरुमा निर्वाचन गतिविधि सक्रय भइरहेका छन् । चैत्र ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनका लागि विद्यार्थी नेताहरु चुनावी माहोल आफ्नो पक्षमा बनाउन क्रियाशिल छन् । बाणगंगा बुङ्चि स्थित सिद्धार्थ क्यमम्पसमा पनि स्ववियु चुनावको तयारी तिव्र पारिएको छ ।
उक्त क्यम्पसमा अखिल क्रान्तिकारीको संयुक्त प्यानललबाट स्ववियु सभापतिमा विष्णु बहादुर राउत (विज्ञान) चुनावी मैदानमा हुनुन्छ । संयुक्त प्यानलबाट स्ववियु सभापतिका उम्मेद्धार राउतले क्याम्पसमा विद्यार्थीहरुको हक अधिकारका लागि आफ्नो उम्मेद्धारी रहेको बताउनुभएको छ ।
यस्तै उहाँले स्नातक तहमा नेपाली र अंग्रेजी दुबै माध्यममा अनिवार्य प्रश्नपत्र आउनुपर्ने, सिद्धार्थ क्यम्पस र संगठन भएको सहमति अनुसार क्याम्पसको पुस्तकालयबाट चारवटा पुस्तक विद्यार्थीहरुले अनिवार्य पाउनुपर्ने, स्नातक तहलाई अधिकतम तीन वर्षे बनाउनुपर्ने, एक क्याम्पस एक उत्पादनको निति आफुहरुले अगाडी सारिएको बताउनुभयो । साथै उहाँले विगत चार वर्ष देखि आफूले विद्यार्थीहरुको हक हितको निम्ति निरन्तर संघर्ष गरेकाले यसपटक पार्टी संगठन नहेरी व्यक्ति हेरे मात्र आफ्नो जित सुनिश्चित रहेको ठोकुवा गर्नुभयो ।
सिद्धार्थ क्याम्पसमा क्रान्तिकारी (प्रचण्ड), क्रान्तिकारी (विप्लव), क्रान्तिकारी (वैद्य) र अनेरास्ववियू (माधव नेपाल) सहितको संयुक्त प्यानलको तर्फबाट उहाँ स्ववियु सभापतिको उम्मेद्धार बन्नुभएको हो । यस बाहेक सिद्धार्थमा नेविसंघले आफ्नो छुट्टै प्यानल बनाएको छ भने अनेरास्ववियुले संयुक्त प्यानल बनाएको छ ।








प्रतिक्रिया