दाङ २७ चैत । नेकपा एकीकृत समाजवादी दाङका सचिव डिल्ली डाँगी आफ्नै भ्रातृ संगठनको जिल्ला अध्यक्षबाट कुटिएका छन् ।उनलाई युवा संघ एसका दाङ अध्यक्ष जविन रानाले शनिबार बेलुकी तुलसीपुर बजारमै कुटेका हुन् ।मापसे गरेर आएका रानाले आफूमाथि कुटपिट गरेको डाँगीले बताए । ‘म डेरीमा कफी पिएर गाडीमा बसेको थिएँ’, सचिव डाँगीले भने, ‘जविन एक्कासि आएर ममाथि कुटपिट गर्यो ।’रानाको कुटाइबाट डाँगीको आँखामा चोट लागेको छ । उनले रानामाथि कारबाहीको माग गर्दै जिप्रकामा उजुरी दिएका छन् ।डाँगीको उजुरीका आधारमा रानालाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वली जानकारी दिए ।प्रहरी स्रोतका अनुसार रानाविरूद्वको उजुरी दर्ता नगर्न नेकपा एसका नेताले दबाब दिएका छन् । कुटिएका डाँगी भने रानालाई कानूनी कारबाही हुनुपर्ने अडानमा छन् ।राना नेकपा एसका दाङ इन्चार्ज जोगबहादुर रानाका छोरा हुन् । डाँगी र रानाबीच लामो समयदेखि पार्टीमा अन्तरद्वन्द चल्दै आएको छ ।
२७ चैत्र २०७९, सोमबार
प्रतिक्रिया