पूर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाको गाडीले किच्दा एक नाबालकको घटनास्थलमै मृत्यु भएको छ । आइतबार दिउँसो मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा नगरपालिकाको निर्माण कार्य अनुमगन गर्न गएका बेला नगरपालिकाको बा २ झ २३१२ नम्बरको सरकारी गाडीले बालकलाई किचेको थियो ।दुर्घटनामामा सुस्त मनस्थितिका बालक स्थानीय ४ वर्षीय आदित्य माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीयहरूका अनुसार कच्ची सडकमा उक्त गाडी ब्याक गर्दा पछाडि रहेका ती बालक च्यापिएर मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
१० बैशाख २०८०, आइतबार
प्रतिक्रिया